+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले आईपीओ जारी गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १७:०१

१८ जेठ, काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । १९ देखि २४ जेठसम्म आईपीओ निष्कशन तथा बिक्री खुल्ला गर्ने फन्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति इकाइ मूल्य १० रुपैयाँ अंकित दरको १० करोड इकाइ मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुल्ला गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथोबन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिनेछ ।

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?