+

के ट्राफिक जामले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ ?

२०७९ जेठ  २३ गते १७:२० २०७९ जेठ २३ गते १७:२०
के ट्राफिक जामले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ ?

ट्राफिक जामले बालबालिकाको स्मरण शक्तिमा कमी आउने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोनामा रहेको इन्स्टिच्युट फर ग्लोबल हेल्थका शोधकर्ताले बालबालिका स्कुल जाँदा हुने ट्राफिक जामका कारण उनीहरुको स्मरण शक्तिमा कमी आउने जनाएका छन् ।

शोधकर्ताले बार्सिलोनाका ३८ स्कुलका बालबालिकामा गरेको सर्वेक्षणमा यस्तो कुरा पत्ता लागेको हो ।

सातदेखि १० वर्षसम्मका २ हजार ६८० बालबालिकामा गरिएको उक्त अध्ययनमा बाहिरी आवाजमा पाँच डेसिबल वृद्धि हुँदा स्मरण शक्तिमा ११ दशमलव ५ प्रतिशतले कमी आएको देखिएको छ । त्यस्तै चर्को आवाजले बालबालिकाको काम गर्ने क्षमतामा २३ दशमलव ५ प्रतिशतले कमी आउँछ ।

यसले उनीहरुको स्मरण क्षमता मात्रै घटाउँदैन । पढाइप्रतिको एकाग्रतामा समेत ४ दशमलव ८ प्रतिशतले कमी आउने अनुसन्धाताले पत्ता लगाएका छन् ।

ध्वनि प्रदूषणले स्मरणशक्तिको गति कम गराउने

शोधका लेखक जोर्डी सनयरले बाल्यकाल कमजोर अवधि भएकाले ध्वनि प्रदूषणले स्मरण शक्तिलाई मन्द गर्ने बताएका छन् । बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै अबका दिनमा स्कुलको निर्माण गर्दा शान्त र ट्राफिक जाम नहुने स्थानमा गर्नुपर्ने उनको सुझाव छ ।

शोधमा बाहिरी र भित्री चर्को ध्वनिको तुलनामा होहल्ला बढी हुने खेलमैदान भएको स्कुलका बालबालिकाले नराम्रो प्रदर्शन गरेको उल्लेख गरिएको छ । हल्ला बढी हुने स्कुलका बालबालिकाको ध्यान प्रभावित हुने भए पनि उनीहरुको स्मरण शक्तिलाई भने कुनै असर नगर्ने जनाइएको छ ।

शोधका प्रमुख लेखक डा. मारिया फोस्टरले कक्षाभित्र हुने हल्लाको मात्रा औसत डेसिबलभन्दा बढी हुनु मानसिक विकासका लागि खतरा भएको बताएका छन् ।

बढी प्रदूषण र ट्राफिक जाम हुने क्षेत्रका बालबालिकामा मोटोपनको समस्या

युनिभर्सिटी इन्स्टिच्युट फर प्राइमरी केयर रिसर्च जोर्डी गोलका शोधकर्ताका अनुसार नौदेखि १२ वर्ष उमेर समूहका बालबालिकामा गरिएको शोधमा वायु प्रदूषण, ध्वनि प्रदूषण र ट्राफिक जाम हुने स्थानका बालबालिकामा मोटोपनको समस्या अधिक हुने देखिएको छ ।

दैनिक भास्करबाट

ट्राफिक जाम बालबालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)