+
+

पर्यटनमन्त्री आलेले फिल्म बनाउन दिए पाँच महिनाको तलब

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १६:१९

२५ जेठ, काठमाडौं। पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ फिल्म निर्माणका लागि पाँच महिनाको तलब प्रदान गरेका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरे ।

फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग गर्ने वचन मन्त्री आलेले दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा आलेले सहयोग प्रतिबद्धता जनाएका थिए ।

भदौदेखि छायांकन सुरु हुने फिल्मले दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्नेछ । दलित महिला केन्द्रले निर्माण गर्ने फिल्मका कलाकार यसैसाता सार्वजनिक हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?