+
+

गुल्मीको पल्लिकोटमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:१५

२७ जेठ, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटनामा चालकको मृत्यु भएको छ।

छत्रकोट गाउँपालिका वडानम्बर-२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसीबी डोजर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जेसीबी डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडानम्बर – १ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए ।

जेसीबी डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जेसीबी डोजर सडकबाट करिब ५ सय मिटर तल खसेको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?