+
+

दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते १६:२०

२८ जेठ, दाङ । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको छ ।

बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?