+
+

मलेसियाबाट ट्रफी लिएर फर्किने विश्वास छ : रुविना क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते १७:१५

२८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली मलेसियामा जुन १७ देखि २५ तारेखसम्म आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारीमा छ ।

महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले र्कीतिपुर मैदानमा प्रशिक्षण गरिरहेको छ ।

पछिल्लो पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले यसपटक मलेसियाबाट खाली हात नआउने बताइन् ।

‘वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ, तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पीडा छ’ उनले भनिन्, ‘तर यसपालि सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौं भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिस्पर्धा गर्नुपर्नेछ ।’

नेपाली महिला टिमले गत महिना घरेलु मैदानमै युगाण्डासँग खेलेको श्रृंखलामा देखिएका कमजोरी सुधार्दै अभ्यास गरिरहेको कप्तान क्षेत्रीले बताइन् । ‘युगाण्डासँगको खेलपछि हाम्रो स्तर देखियो । कमीकमजोरी थाहा पायौं । त्यही कमीकमजोरीलाई सुधार गरिरहेका छौं । आजको मितिसम्म पनि हामीले फिटनेसमा ध्यान दिइरहेका छौं । आगामी खेलमा फिटनेसको समस्या कभरअप हुनेमा म विश्वस्तु छु’ उनले भनिन् ।

एसीसी महिला टी–२० च्याम्पियनसिपमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन् । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह एमा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् ।

सहभागी टोलीमध्ये नेपाललाई चुनौती दिने हङकङ भएको प्रशिक्षक टमाटाको बुझाइ छ । सन्तुुलित टोली नेपाली टोली बलियो पक्ष भएकाले प्रशिक्षक टमाटाले च्याम्पियन हुने विश्वास व्यक्त गरे । मुख्य प्रशिक्षक जगत टमाटाले मौसम चुनौती भएपनि अभ्यासलाई निरन्तरता दिइरहेको बताए ।

‘फिटनेस र फिल्डिङमा भएको समस्यामा केन्द्रित रहेर हामीले अभ्यासलाई जोड दिइरहेका छौं । मौसम चुनौती भएपनि पानी नपर्दा मैदान उत्रिएर अभ्यास गरेका छौं भने बर्षा हुँदा हामीले इन्डोरमा अभ्यास गरिरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?