+
+

जिससमा चुनावमा गोपाल हमालले दिए सत्तारुढ गठबन्धनलाई साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १४:१५

३० जेठ, कैलाली । कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

१३ वटा स्थानीय तह रहेको  कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए । उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो ।

यस्तै सदस्यहरुमा माओवादीबाट  दिलु कामी, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी, भावना चाैधरी र लोकेन्द्रबहादुर ताडी,  नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल तथा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द विजयी भए ।

खुल्लातर्फ एमालेका मानबहादुर साउद र तेजबहादुरको समान १२ मत आएको थियो । गोलाप्रथा गर्दा तेजबहादुर विजयी भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिकको समान १२ मत आए पनि गोलाप्रथामा सरिता विजयी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?