+
+

मल ल्याउन भारतसँग प्रधानमन्त्रीस्तरमा वार्ता गर्नुपर्छ : शक्ति बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १४:३३

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रासायनिक मलको समस्या समाधानका लागि प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले कृषिमन्त्री स्तरबाट मात्र मलको समस्या समाधान नहुने बताए ।

‘यो राष्ट्रिय समस्या हो । कृषि मन्त्रीज्यूले मात्र समस्या समाधान नहोला । प्रधानमन्त्रीज्यूले नै इनिसिएसन लिन जरुरी छ । अहिले छिमेकीसँग उच्चस्तरीय राजनीतिक संवाद गरौं, जिटु जी गरौं, जिटुजी गर्दा एजेन्ट को राख्ने विषयमा चासो नराखौं । टेण्डर गर्दा कार्टेलिङ नगरौं, तत्कालिन समस्या समाधान हुन्छ’ उनले भने ।

नेता बस्नेतले मलको टेण्डर गर्दा विभिन्न शर्त राखेर कार्टेलिङ गर्ने र जिटुजी (सरकार–सरकारबीचको सहमति) गर्दा एजेन्ट को राख्ने भन्ने विषयमा चासो राख्दा मलमा सधैं समस्या हुने गरेको बताए ।

मलको समस्याको दीर्घकालीन समाधान भने हरित अर्थतन्त्र वा प्रांगारिक कृषि नै हुने नेता बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?