+
+
पुस्तक अंश :

माननीयज्यूको मोटरसाइकल

गोविन्द भट्टराई गोविन्द भट्टराई
२०७९ जेठ ३० गते १८:५८

संखुवासभाका प्रणित बस्नेत इमान्दार राजनीतिक कार्यकर्ता हुन् । एक हिसाबले पुराना, परिचित नेता भन्दा हुन्छ । एकपटक सांसदसम्म भएका थिए । सीधा मान्छेको समस्या, अलिक बाङ्गो भएपछि अररो हुन्छ रे । थोरै घुमाउरो कुरा बुझाउन समेत कठिन हुन्छ रे ।

खैर, जे होस् ती दुवै चरित्र उनमा थिए कि थिएनन् उनै जानुन् । लामो समय जिल्लामा राजनीति गरेका उनी एकपटक सांसद निर्वाचित भए । काठमाडौंमा बस्नुपर्‍यो । लामो प्रयत्नपछि कलंकीतिर डेरा पाए । राजनीति गर्नु एक हिसाबले गार्‍हो काम हो । सांसद बन्नु महंगो । काठमाडैंमा डेरा पाउन झन् साह्रो । अब भने कलंकी–सिंहदरबार गर्न उनलाई सांसद बन्नुभन्दा पर्‍यो अप्ठेरो ।

काठमाडौंको सार्वजनिक यातायातले न जनता देख्छ, न सांसद । काठमाडौं भित्रिएको छोटो समयमै कलंकी–सिंहदरबार सार्वजनिक यात्राले उनको उत्साह र जाँगर मरिसकेको थियो । गाडी किन्न सक्ने अवस्था थिएन । सार्वजनिक यातायातको हविगत त्यही हो । नजिकका साथीभाइ मोटरसाइकलवाला थिएनन् । कहिलेकाहीं मान्छेलाई खुसी हुन खासै विषय चाहिन्न । दुःखी हुनु पनि ठूला कारण नचाहिंदो रहेछ । खुट्टाको नङमा ठोक्किंदा सम्पूर्ण शरीरले पीडा भोगेजस्तो ।

अब लफडा सुरु भो । उहाँ डेढ लाख माग्ने । ग्यारेजवाला एक लाख । अब बाइक भने झर्दै दश हजारको जत्तिकै भइसक्यो फेरि । दुवै मर्कामा । माननीयज्यूले सद्दे बाइक माग्ने । वर्कसपवाला सद्दे त के थोत्रै लान पनि मेरो लाख दे भन्ने । त्यो रकम पनि झण्डै २० वर्ष अगाडिको ।

उनीसँग दुईवटा विकल्प थिए । पहिलो सिंहदरबार नजिकै डेरा सर्नु । दोस्रो मोटरसाइकल किन्नु । माननीयले किन्नेवाला मोटरसाइकलको व्यथा भनौं म ? संसदीय समितिको काममा जाँदा एक दिन दोलखा जिविस (अहिले जिविस खारेज भइसकेको छ)को पुरानो मोटरसाइकल बिक्रीको टेन्डर देखेछन् । मोटरसाइकल किन्ने कि डेरा सर्ने दोधारमै रहँदा एक्कासी पुरानो तर सस्तो भेटाउदा को खुसी नहोला ?

गोविन्द भट्टराई

आफ्नो काम सकेर दुई दिन त्यसमै भिडेछन् । प्रक्रिया मिलाउनुपर्‍यो । बढाबढमा पर्नुपर्‍यो । सञ्जोगले उनलाई नै मोटरसाइकल पर्‍यो । आपूmलाई परेपछि माननीयज्यू खुसी हुँदै हेर्न थाले । ठूलो आरामदायी जापानीज मोटरसाइकल । तर निकै वर्षदेखि कार्यालयमा थन्किएकाले स्टार्ट हुने कुरै थिएन । एउटा मिनी ट्रकको व्यवस्था गरी काठमाडौं ल्याए । नेपालमा गाडी त मान्छेको पिठ्युँमा बोकिएर आएको इतिहास छ । माननीयको हुनेवाला मोटरसाइकल गाडी चढेर आयो के अचम्म ! त्यतिखेर मोटरसाइकललाई दश हजार रुपैयाँ जति पर्‍यो । दुई दिन बसाइ र गाडीभाडा समेत गरी अर्को दश हजार जति थपियो होला ।

जब काठमाडौं आइपुग्यो मोटरसाइकल चढेर कलंकी होइन, महाराजगञ्जको मर्मत सम्भार ग्यारेजमा पुग्यो । कन्डिसनयुक्त बनाउने सल्लाह मुताविक ग्यारेजले इस्टिमेट निकाल्यो । काठमाडौंको ठिहीमा माननीयले पसिना निकाले । दश हजारको मोटरसाइकललाई लगभग एक लाख पचास हजारको मर्मत–सम्भार, पार्ट्सको प्रारम्भिक लागत । अब भने बीस हजार रुपैयाँ माया मार्ने कि, एक लाख पचास हजार थपेर बाइक चढ्ने दुविधामा पुगे । चार आनाको मासुलाई आठ आनाको मसला त सुनिएको हो । चार आनाको बाइकलाई चौसट्ठी आनाको मसला भो पहिलोपटक । बाइक मर्मत सम्भारको लागि पचास हजार रुपैयाँ एडभान्स दिए उनले । सकेसम्म छिटो बाइक बनाइसक्ने कुरा भो । कलंकी– कार्ल माक्र्सको कसम । सिंहदरबारको नियमित समस्या जो थियो । पुरानो बाइक, त्यो पनि जापानिज । अधिकांश पार्ट्स खत्तम थिए । काठमाडौंमा त के जापानकै बजारमा पाउन हम्मे छ आजभोलि । गर्दागर्दै छ महिना बित्यो ।

पचास हजार रुपैयाँबाट सुरm भएको एडभान्स छ महिना पुग्दा अर्को एक लाख थपियो । अधिकांश अटो वर्कसपवालाको कार्यशैली यही हो । हतारमा लतरपतर एस्टिमेट निकाल्यो जुन क्रमशः बढ्दै जान्छ अनि गाडी धनीसँग लफडा सुरु हुन्छ । अर्को अनौठो अवस्था आयो, माननीयज्यूको मुख्य गन्तव्य सिंहदरबार होइन अब महाराजगञ्ज महेशको ग्यारेज बन्न पुग्यो ।

लगभग एक वर्षमा बाइक एकसरो बन्यो । लगानी भने तराईको मारुती जत्तिकै भो । अनि पार्टस् ? सर्कसका कामदारको ड्रेस जस्तो । सायद दर्जन कम्पनीका पार्ट्सको संयोजनमा बनेको बाइकको गुड्ने ग्यारेन्टी अभैm पनि ग्यारेजवालाले गर्नसक्ने अवस्था थिएन । एक लाख पचास हजार जति माननीयज्यूले दिइसक्नुभो । वर्कसपको भनाइअनुसार अर्को एक लाख थपिइसक्यो । जब बाइक तयार भो । हिसाब गरेर लानुपर्ने बेला माननीयज्यूको सांसद पद सकियो । निकै महिना जिल्ला जानुपर्ने भो । दुई लाखको खर्च र दुई वर्ष झन्डैको कुरो यता । जीवनभरिको राजनीतिको वर्चस्व उता । माननीयज्यू जिल्ला जानु भो । अब तयार भएको बाइक वर्कसपमा ।

कहिले यता कहिले उता । नयाँ घर बनाएर एक वर्ष छोड्यो भने घरको अवस्था कस्तो हुन्छ ? माननीयको बाइक झन् टालटुले र मुभिङ पार्ट्सले बनेको । वर्कसपका बिराला खेद्ने मुसा, धुलो, घामपानीको हमला । कहिले एकापट्टि ठ्वाक्क कहिले अर्कोपट्टि ट्वाक्क । कुनै पार्ट्स मेकानिकले निकाल्यो कुनै लडेर फुट्यो । लगभग ६ महिनामा त्यो बाइक माननीयको राजनीतिजस्तै टिठलाग्दो बन्यो । जिल्लाको काम सकेर छ महिनापछि बाँकी पैसा बोकेर माननीयज्यू जब वर्कसप पुगे झण्डै मुर्छा पर्नुभो ।

हे भगवान ! दोलखाबाट ल्याउँदा गोविन्द भट्टराई । २५३ बाइक जस्तो थियो । झण्डै त्यही हालतमा माननीयले पाउनु भो । जति पीडा त उहाँलाई अघिल्लोपटक सांसदको चुनाव हार्दा समेत परेको थिएन । किनकि त्यही हारले यसपटक समानुपातिकको ढोका खोलेको थियो । यो बाइकको फोकटको खर्च र दुःखले मारुmतीको ढोका त खुल्दैन ! डेढ लाख पैसो गयो । फिलिली जापानिज बाइकमा सिंहदरबार छिर्ने आश डेढ–दुई वर्ष अधुरै रह्यो । साथीका अगाडि बेइज्जत भयो । घरमा श्रीमती, छोराछोरीसँग त्यसकै निहुँमा झगडा भइरह्यो ।

अब लफडा सुरु भो । उहाँ डेढ लाख माग्ने । ग्यारेजवाला एक लाख । अब बाइक भने झर्दै दश हजारको जत्तिकै भइसक्यो फेरि । दुवै मर्कामा । माननीयज्यूले सद्दे बाइक माग्ने । वर्कसपवाला सद्दे त के थोत्रै लान पनि मेरो लाख दे भन्ने । त्यो रकम पनि झण्डै २० वर्ष अगाडिको । चक्रपथ बाहिर सानो टुक्रा घडेरीकै मूल्य । अब सुरु भयो लफडा र दर्जनौं छलफल । सानातिना झगडा त कति–कति । त्यतिबेलासम्म बाइक त के उहाँलाई काठमाडौंदेखि नै विरक्त लाग्न थालिसकेको थियो । अब त सांसदको म्याद नै कति थियो र ! लगभग अर्को एक वर्ष ग्यारेजवाला माननीयकहाँ धाउन थाल्यो । एक लाख फसेको जो छ ।

तर मिलाउन, तिर्न तिराउन, माननीयलाई सही सलामत मोटरसाइकल दिलाउन सकेनन् कसैले पनि । कसरी तिराउनु, कसलाई तिराउनु ? सायद ढंग नपुर्‍याउँदा, लहडमा योजना बनाउँदा, राम्रोसँग मेहनत, अध्ययन नगर्दा, राम्रो नियत भएर पनि देशको हालत त्यही बाइकजस्तो हुने होला भन्ने डर ! जुन हामी भोगिरहेका छौं । बेलाबेलामा त्यो वर्कसप जानेहरु निकै लाख खर्च भएको, टोलदेखि राष्ट्रिय रुपमा चर्चा पाएको, कवाडीदेखि कवाडीसम्म बन्ने तरखरमा रहेको बाइक हेर्थे । रमाइलो गर्थे । कार्ल माक्र्सको कसम । लगभग एक वर्ष जति त्यो क्रम चल्यो । दुवै पक्ष सेलाए भनौं या थाके । पुरानो, थन्किएको, लक्जरियस, जापानिज बाइक थियो त्यो ।

माननीयज्यू र ग्यारेजवालाको पहुँचभन्दा टाढाको प्राविधिक, व्यवस्थापकीय कुरो । सायद अदालतमा त्यो केस पुगेको भए न्यायाधीशहरुले कसरी फैसला गर्थे होलान् ? मुद्दा सुनेर इजलासमा कति हाँसो छुट्थ्यो होला । चीनले एउटा किन्दा अर्को उपहारमा दिएको, करोड उपहारमा अरबौं मर्मत खर्च भइसकेको, पाइलट नपाउने, सदैव बिग्रिरहने दुईवटा हवाइजहाजको लफडा चलेको छ आज । म भने झल्झली माननीयको पुरानो मोटरसाइकल सम्झिरहेको छु । धेरै वर्षपछि महाराजगञ्जको त्यो ग्यारेजमा पुगे एक्कासी । त्यहाँ ठूलो सपिङ सेन्टर बनेछ । झल्झली माननीयज्यूको सज्जन अनुहार याद आयो । दुःखले मनै चसक्क गरायो । सम्झना आयो विचरा माननीयज्यूले चढ्न नपाएको लाखौंको त्यो मोटरसाइकल !

गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल मार्क्सको कसम : केही विकासका कुरा, केही निकासका कुरा’बाट । यो पुस्तक जेठ ३१ गते मंगलबार विमोचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?