+
+

दिदीको घरमा भाइको हत्या, ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते २०:०४

३० जेठ, वीरगञ्ज । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका-२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्नको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनितादेवी र २२ वर्षीया रिंकु देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजेशको हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनीहरुलाई ७ दिन हिरासतमा राख्न् पर्सा जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

‘घटना किन घटाइयो ? कसको संलग्नता कति हो ? घटनाबारे थप अनुसन्धान गरिरहेका छौं’ उनले भने ।

जेठ २८ गते बिहान ११ ः १५ बजे जगरनाथपुर–६ स्थित नारा खोलाको खोल्सीमा घोप्टो परेको र घाँटीमा गम्छाले कसिएको अवस्थामा राजेशको शव फेला परेको थियो ।

राजेश जेठ २४ गते दिदीको घरमा गएका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा त्यसै घरको एक सदस्यसँग यौनजन्य क्रियाकलापमा संलग्न भएको पाइएपछि परिवारका सदस्यले राजेशमाथि कुटपिट गरेका थिए ।

उनको हत्यामा भिनाजु हिरामन, उनका भाइ रामबालकसहित परिवारका ५ जना सदस्य नै संलग्न भएको प्रहरीको अनुमान छ । मृतकको घाँटीमा बेरिएको गम्छा भिनाजु हिरामनकै भएको पुष्टी भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?