+
+

एन्फा निर्वाचन : सरस्वती र फ्रेण्ड्स क्लबसहित महिला समितिले पनि भोट हाल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ९:५४

३१ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने निर्वाचनका तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् ।

यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार बञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये सरस्वती क्लब, फ्रेण्ड्स क्लब र एन्फा महिला संघलाई मताधिकार दिने निर्णय गरेको हो ।

सिराहा जिल्लाको मताधिकार पुनरावेदन भने बदर भएको छ । निर्वाचन समितिले निर्णय गरेबमोजिम नै पुनरावेदन समितिले सिराहाको मताधिकार फिर्ता दिएन ।

समितिले सिराहा जिल्लाका प्रविणकुमार यादवको नाम मतदाता नामावलीबाट हटाउने गरी भएको निर्णय मिलेको देखिएको उल्लेख गर्दै सदर हुने ठहर गरेको छ ।

निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशनमा गर्ने क्रममा महिला संघ, सरस्वती क्लब, फ्रेन्ड्स क्लब र सरस्वती क्लबको मताधिकार बदर हुने निर्णय गरेको थियो । त्यस निर्णयविरुद्ध चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए । पुनरावेदन समितिले उक्त निवेदनका आधारमा छानबिन गर्दै तीन जनाको मताधिकार कायम रहने निर्णय गरेको हो ।

निर्वाचन समितिले बदर गरेको चारै मत कर्माछिरिङ शेर्पा पक्षका थिए । तीन मताधिकार फिर्ता भएपछि शेर्पा पक्षलाई केही राहत मिलेको छ ।

एन्फाको निर्वाचनमा वरत्मा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् ।

सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै विष्णुकुमार ढकालले अपिल गरेको थियो । तर एन्फाको निर्देशन र पुनरावेदन साथ पेस भएको कागज हेर्दा निरद्शन पालना नगरी आफू खुशी प्रतिनिधि छनोट गरेको र पुनरावेदकको जिकिर नपुग्ने पुनरावेदन समितिले उक्त अपिल निमलेको भन्दै मताधिकार नदिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?