+
+

सिटीका पूर्व कप्तान भिनसेन्ट कोम्पनी बर्नलीको प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:३८

३१ जेठ, काठमाडौं । बर्नलीले म्यानचेष्टर सिटीका पूर्व कप्तान भिनसेन्ट कोम्पनीलाई प्रशिक्षक नियुक्त गरेको छ ।

यसअघि घरेलु क्लब एन्डरलेक्टको प्रशिक्षक रहेका कोम्पनी च्याम्पियनसिप क्लबमार्फत प्रशिक्षकको भूमिकामा इंग्ल्याण्ड फर्किएका हुन् । दुई वर्ष एन्डरलेक्टका प्रशिक्षक रहेका कोम्पनीले आपसी सहमतिमा बेल्जियन क्लब छाडेका थिए ।

३६ वर्षीय कोम्पनीले अब बर्नलीमा माइक ज्याक्सनको स्थान लिनेछन् । गत अप्रिलमा सिन डायचलाई बर्खास्त गर्दै बर्नलीले माइकलाई अन्तरिम प्रशिक्षक बनाएको थियो तर उनले टिमलाई प्रिमियर लिग रेलिगेसनबाट बचाउन सकेनन् ।

बर्नलीमा अनुबन्ध भएपछि कोम्पनीले आफू चुनौतीका लागि उत्साहित रहेको बताए । ‘म अगाडिको चुनौतीलाई लिएर उत्साहित छु’, कोम्पनीले भने ‘बर्नली साँच्चै ऐतिहासिक इंग्लिस क्लब हो । फस्ट टिमको म्यानेजर नियुक्त हुँदा सम्मानित भएको छु ।’

कोम्पनीले यसअघि ११ वर्ष सिटीबाट फुटबल खेल्दा चार प्रिमियर लिग सहित १० उपाधि जितेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?