+
+
कविता :

डर

श्याम गैरे श्याम गैरे
२०७९ असार १ गते १२:४३

बच्चाबेला चिच्याइ–चिच्याइ पढिन्थ्यो,

डम्मरू ‘ड’

रथ ‘र’

जति इतिहासलाई ओल्टाइपल्टाइ गरे पनि,

मलाई कहिल्यै थाहा भएन

कतिबेला डम्मरूको ड, रथको र सँग,

मित्रता गाँस्यो भनेर ।

 

यो पनि एक अज्ञात इतिहास होला,

दार्शनिकहरुले भनेझैं,

फगत शब्दहरूको नै अर्थ छ र ?

शब्दहरु त केवल एक वस्तु, विषय वा वास्ना जनाउने माध्यम न हुन् भनेर,

तर पनि,

यस्तो विषय हो डर,

जसले

मनमा डर मान्नेहरूलाई

वनमा डर मान्नेहरूलाई

डरबारे बोल्ने दार्शनिकहरुलाई

डर शब्द लेख्ने नजान्ने बालकहरूलाई

कूचीकारदेखि सूचीकारसम्मलाई

स्वतन्त्रताबारे बोल्ने मानवअधिकारकर्मीहरुलाई

भूलोकदेखि ब्रह्मालोकसम्मका सबैलाई

डरबारे थाहा पाएका

थाहा नपाएका

कसैलाई छोड्दैन डरले ।

 

तर पनि अचम्मको कुरा,

डरको प्रकारबारे बोल्ने विद्वानहरुलाई

डर कविताको आलोचना गर्नेहरूलाई

डरलाई फाइदामा बदल्नेहरुलाई

भविष्यको डर नमान्नेहरुलाई

समेत डरको अनुभूति भने भएको

कस्तो विषय है डर ?

जसको कसैलाई छैन रहर ।

 

डर यस्तो विषय

जसलाई न कुनै विद्यालय,

महाविद्यालय,

विश्वविद्यालयमा नै पढाइन्छ

तर पनि

जुनसुकै परीक्षा दिनु भन्दा पहिले

डरको परीक्षा पहिले आउने

यस्तो महत्वपूर्ण विषय झन् किन कुनै विद्यालयमा नराख्ने ?

 

जन्म, मृत्यु, जरा, व्याधिबारे चिया पसलको न्यायलयमा बोल्नेहरु

गुलियो चियासँगै

सुगरको डर पिइरहेकाहरु,

बारे के भन्दा हुन् है यमराज ?

डराउँदै भन्दा हुन्

म त ईश्वरको सेवक,

मलाई पनि त भगवान् श्रीकृष्णको डर लाग्छ नि ?

यस्तो अचम्मको डर

जसको केही छैन हजुरभर ।

 

डरबारे श्रीमद्भागवत गीता यथारूप भन्छ,

कर्मफल ईश्वरमा समर्पण गर्नुपर्छ,

फलबारे अनाशक्त बन्नुपर्छ,

यसो गर्दा व्यक्तिले डरको सीमाना नाघ्न सक्छ ।

 

ए साथी,

यदि चित्त नबुझे

तपाईं गर्नु होला है नडराई डरको सामना

हजुरलाई डरमाथि जितको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?