
५ असार, पर्सा । पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१ बस्ने ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।
उनलाई डा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१ छप्कैयाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनले २०६९ जेठ २ गते राती १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीय महिलामाथि करणी गरी फरार रहेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4