+
+

महानगरको घोषणा : ‘ऐला’को ब्रान्डिङदेखि पर्यटन प्रवर्द्धनसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १८:२४

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ । नेवार समुदायले उत्पादन गर्ने घरेलु ‘ऐला’ लाई संकेत गर्दै महानगरले यस्तो घोषणा गरेको हो ।

आइतबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले कुन पेय पदार्थलाई ब्रान्डिङ गर्ने भन्नेबारे उल्लेख गरेका छैनन् । तर महानगरपालिकाका अधिकारीहरु भने ‘ऐला’ लाई नै इंगित गरेर यस्तो घोषणा भएको बताउँछन् ।

काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

इन्द्रजात्राका अवसरमा महानगरसँग भगिनी सम्बन्ध रहेका अन्तर्राष्ट्रिय शहरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरी महानगरपालिकाको ऐतिहासिक इन्द्रजात्रालाई विश्वस्तरमा पहिचान गराउने कार्यलाई निरन्तरता दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?