+
+

संवैधनिक पदाधिकारी नियुक्तिसम्बन्धी संवैधानिक इजलासको सुनुवाइ प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १३:४६

८ असार, काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी बुधबारदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा बुधबारका लागि सुनुवाइ तोकिएको थियो ।

तर राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

राष्ट्रपति कार्यालयले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको थिएन । सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल नै मगाउने आदेश गरेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाईविनै नियुक्त गरिएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । तर एक वर्ष भन्दा बढी समय भइसक्दा पनि यो रिटको किनारा लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?