+
+
जिल्ला न्यायाधीश र कानून व्यवसायीबीच घूस संवाद :

अधिवक्ता पोखरेलसँग बार काउन्सिलले माग्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १७:२३

८ असार, काठमाडौं । कानून व्यवसायी परिषद (बार काउन्सिल) ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो ।

बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताए । समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।

परिषदको अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती छन् । त्यसैगरी सदस्यमा वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानांग र बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?