+
+

कतार विश्वकपमा २६ खेलाडी राख्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १०:५३

१० असार, काठमाडौं । एसियाली राष्ट्र कतारमा आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा २६ खेलाडी राख्न दिने निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीपछि पछिल्लो समयमा राष्ट्रिय प्रतियोगिताहरुमा टिममा खेलाडी संख्या बढाउन थालिएको छ । यसअघि एक टिममा २३ खेलाडी राख्न पाउने नियम थियो ।

तर कोरोना भाइरसको महामारीपछि यसमा संख्या थपिएको छ । त्यसमै फिफाले पनि विश्वकपमा एक टिममा २६ खेलाडी राख्न अनुमति दिएको हो ।
युरो २०२० मा पनि एक टिममा २६ खेलाडी समावेश गरिएको थियो ।

यस्तै फिफाले १५ खेलाडी सब्सिच्युटमा राख्न अनुमति दिएको छ । यसको अर्थ मैदानमा खेल्ने ११ बाहेक टिमका सबै वैकल्पिकको रुपमा रहनेछन् भने कुनै खेलाडी छुट्ने छैनन् । १५ वैल्पिक खेलाडीसँगै अन्य ११ जना अफिसियल गरी २६ जना बेन्चमा बस्न पाउने फिफाले जनाएको छ ।

फिफा विश्वकपका लागि प्रतियोगिता सुरु हुनु एक महिनाअघि अर्थात् २० अक्टोबरसम्म सहभागी टिमले अन्तिम टिम लिस्ट बुझाइसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?