+
+

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने : माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १०:१६

१३ असार, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताएका छन् ।

आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘माननीय त छँदैछु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्कोपटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठूलो कुरो होइन ।’

उनले मन्त्रालयबाट विदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताए । ‘छुट्टिंदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उनले भने । आफू ८ महिना २१ दिन मन्त्रीको रुपमा गर्वका साथ रहेको र विवादरहित निर्णय गरेको दाबीसमेत गरे ।

काममा कतै पनि तलमाथि नगरेको दाबी गर्दै उनले भने, ‘जति दिन म बसें असाध्यै गर्वका साथ, विभागले गरेका, कुनै पनि शाखाले गरेका निर्णयहरु विवादरहित भएर ८ महिना २१ दिन सफलतापूर्वक सम्पन्न गरेर म आज बाहिरिंदै छु ।’ उनले आफूलाई सहयोग गरेजसरी नै नयाँ मन्त्रीलाई पनि सहयोग गरेर सफल बनाइदिन आग्रह पनि गरे  ।

चर्को स्वरमा बोल्ने आफ्नो स्वभाव रहेको बताउँदै निवर्तमान श्रेष्ठले कसैको चित्त दुखेको भए आजैदेखि भुलिदिन आग्रह समेत गरे । ठगेको पैसा २४ घण्टाभित्र दिने कि नदिने भनेर आफूले दलालहरुलाई डाइरेक्ट फोन गर्ने गरेको बताउँदै उनले भने, ‘म एक्सनमा जाँदाखेरि, कहिलेकाहिं कतै चर्को स्वरले चित्त दुखेको छ भने त्यो आजदेखि भुल्दिनुस् है ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?