१३ असार, काठमाडौं । बालुवाटारमा रहेको क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा क्रिकेटरलाई काठमाडौंको प्रख्यात रेस्टुरेन्ट जिम्बु थकालीले छात्रवृत्ति प्रदान गरेको छ ।
व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रेस्टुरेन्टले १० युवा खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो । जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सोमबार छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार छात्रवृत्ति पाउने १० जनाले सेन्टरमा क्रिकेट प्रशिक्षण गर्दा तिर्ने शुल्क ३ हजार रुपैयाँ छुट पाउने छन् ।क्र
प्रतिक्रिया 4