+
+

कागजात नभएका तीनवटा भारतीय गाडी महोत्तरी प्रहरीको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:३५

१३ असार, जनकपुरधाम । कागजात नभएको र भन्सार अनुमति समेत नलिएका तीन वटा भारतीय सबारीसाधनलाई प्रहरीले महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका-५ पर्सापतैली चौरिया टोलबाट दुई वटा भारतीय कार र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

उनका अनुसार डिएल ९ सिक्यूएस २६८१ र बीआर ०६बीवाई ५५४५ नम्बरको कार र बीआर ३०एम ७५७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

यी सबारीसाधनसहित तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । बीआर ०६बीवाई ५५४५ नम्बरको कारका चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी ग्राम पञ्चायत केशवपुरपुरा ३ बस्ने २४ बर्षीय अमरेश कुमार, बीआर ३०एम ७५७४ नम्बरको मोटरसाइकलका चालक सितामढीकै बैरगामा ९ बस्ने २८ बर्षीय लालबाबु राय र पछाडि सबार सोही ठाउँका २५ बर्षीय सुनिल कुमार छन् ।

तीनै सबारीसाधनसहित पक्राउ परेकालाई आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिबारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?