
१६ असार, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्म कानुन बमोजिम ब्याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्ने फैसला सुनाएको थियो । तर उनी फरार भएका थिए ।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4