+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवन राष्ट्रिय निकुञ्जमा ६ बाघ समातिए, ४ वटा छाडिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १७:३०

१६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक बर्षमा बाघको आक्रमणबाट मात्रैं १६ जना मारिए ।

अधिकांश घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका छन् । अघिल्लो बर्षको तुलनामा यसबर्ष बाघले १० जना बढीलाई आक्रमण गरेर मार्‍यो भने, अन्य केहीलाई घाइते बनायो । पूर्वी चितवनको खैरहनी र राप्ती, पश्चिम चितवनको देवनगर, जगतपुर र मेघौलीमा बढि मात्रामा बाघले आक्रमण गर्‍यो ।

निउरो टिप्न गएका, दाउरा खोज्ने, घाँस काट्न जंगल जानेलाई बाघले आफ्नो निशाना बनायो । विभिन्न घटनामा मानिसको ज्यान लिने ६ वटा बाघलाई निकुञ्जले चालु आर्थिक बर्षमा नियन्त्रणमा लियो । तीमध्ये चार वटा बाघलाई निकुञ्जले आनीबानीमा सुधार देखिएको भन्दैं छाड्यो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अब निकुञ्जको सौराहास्थित पूर्वी सेक्टर र निकुञ्जको मुख्यालय कसराको खोरमा गरेर तीनवटा मात्रै बाघ छन् । निकुञ्जले समातेर खोरमा थुनेको एक बाघको मृत्यु भएको सूचना अधिकारी तिवारीले बताए ।

‘पश्चिम चितवन क्षेत्रबाट नै समातिएको एक बाघको खोरमा राखेकै बेला मृत्यु भयो’ सूचना अधिकारी तिवारीले भने, ‘अलि सानो साइजको बाघ एडजस्ट हुन सकेन ।’

निकुञ्जसँग चार बटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । खोरको अभाव हुन देखेपछि निकुञ्जले आनीवानी सुधार भएका भन्दैं मानिस माथि आक्रमण गर्ने बाघलाई पनि छाड्ने गरेको छ ।

पछिल्लो समय बाघको आक्रमणबाट गत असार २ गते पश्चिम चितवनको मेघौलीको राधाकृष्ण सामुदायिक वनमा भरतपुर २७ की २३ बर्षिया रेखा बस्नतेको मृत्यु भएको थियो । बस्नेतको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ ।

सो बाघले जेठ २४ गते भरतपुर २३ जगतपुरमा ५५ बर्षकी महिला मंगली बोटेको पनि ज्यान लिएको निकुञ्जको भनाइ छ । धेरै मानिसहरुमाथि आक्रमण गरेको देखिन आएको सो बाघलाई भने अहिले नछाड्निे निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?