
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शुक्रबार हुने वैवाहिक समारोहलाई लिएर व्यस्त छन् ।
व्यस्तताको यो सीमा बिहेमा मात्र सीमित छैन । आइतबार उनीहरुले नयाँ फिल्म ‘ह्रस्वदीर्घ’को शुभसाइत पनि गरे । भक्तपुरको सूर्यविनायक मन्दिरमा उनीहरुले पटकथा पुस्तक र लोगोको पूजाआजा पनि गरे ।
हुन त हरिहर आफ्ना हरेक कुरा खगोलशास्त्र अनुसार नै गर्छन् । त्यस्तोमा ड्रिम प्रोजेक्टलाई साइत हेराएर मुहूर्त गर्नु अन्यथा भएन । पण्डित कमल कट्टेलले फिल्मको पूजाआजा गर्दै फिल्मको सफलताको शुभकामना दिए ।
विवाहका लागि उनीहरुले कार्ड पनि बाँडिसकेका छन् । बिहेलगत्तै उनीहरु फिल्ममा व्यस्त हुनेछन् । यो फिल्म चाहिं भारतीय कलाकारको कास्टिङले चर्चामा छ ।
चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा भारतीय कलाकारहरु सुनिल वर्मा (सिनुभाइ), गजनी भिलेन प्रदीपराज रावत, ब्रह्मानन्दम र अली अनुबन्ध भइसक्दा नेपालबाट नीता र हरिहरसँगै सरोज खनाल र सलोन बस्नेत अभिनयमा रहनेछन् ।
प्रतिक्रिया 4