+
+

केल्भिन फिलिप्स् म्यानचेस्टर सिटीमा आबद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १५:५१

२० असार, काठमाडौं । इङ्ल्यान्डमा मिडफिल्डर केल्भिन फिलिप्स ६ वर्षको लागि म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । फिलिप्स ४ करोड ५० लाख पाउण्डमा सन् २०२८ सम्मका लागि म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन् ।

म्यानचेस्टर सिटीले यस समरमा आबद्ध गरेका फिलिप्स् तेस्रो खेलाडी हुन् । एर्लिङ हल्यान्ड र स्टेफेन ओर्टेगा मोरेनो पछि पेप गार्डिओलाले फिलिप्स्लाई टिममा आबद्ध गराएका हुन् ।

लिड्स युनाइटेडमा आठ वर्ष खेलेका फिलिप्सेले २३५ खेलमा १४ गोल गरेका छन् ।

सिटीमा ४ नम्बरको जर्सी लगाउने फिलिप्स्ले आफू म्यानचेस्टरमा आबद्ध हुन पाएकोमा निकै खुसी रहेको बताए । उनले भने, ‘म म्यानचेस्टरमा जोडिन पाउँदा निकै खुसी छु । सिटी देशको उत्कृष्ट टिम हो ।’

उनले प्रशिक्षक पेपको पनि प्रसंसा गरेका छन् । ‘सिटीको टिम उत्कृष्ट छ । पेप विश्वकै एक उत्कृष्ट म्यानेजर हुन् । उनको मातहतमा रहेर प्रशिक्षण गर्न र टिममा आबद्ध हुन म एकदमै उत्साहित छु ।’

जमैकन र आयरल्याण्डका नागरिकका सन्तान फिलिप्स लिड्समा जन्मेका हुन् । त्यसैले उनीसँग जमैका, आयरल्याण्ड र इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिममध्ये एउटा रोज्ने अवसर थियो ।

उनले त्यो अवसर सदुपयोग गर्दै इंग्ल्याण्ड रोजे र उनलाई ग्यारेथ साउथगेटले सन् २०२० मा राष्ट्रिय टिममा बोलाए । त्यसपछि फिलिप्सले इंग्ल्याण्डका लागि २३ खेल खेलिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?