+

रुघाखोकी र ज्वरोको प्रकोप : मौसमी संक्रमण कि कोरोना ?

२०७९ असार  २२ गते १२:४९ २०७९ असार २२ गते १२:४९
रुघाखोकी र ज्वरोको प्रकोप : मौसमी संक्रमण कि कोरोना ?

सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ ।

कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकाले महामारीका बेला मानिसहरु अस्पताल पुगिहाल्थे । तर अहिले कोरोना संक्रमण घटेसँगै मानिसहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्न थालेका छन् ।

अहिले मौसमी रुघाखोकीको सिजन नभएकाले यस्तो समस्या देखा पर्नुको कारण के हो ? यो समस्याबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ ?

रुघाखोकीको सिजन होइन

सामान्यतया मौसम परिवर्तन हुने समयमा र जाडो मौसममा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । अहिले रुघाखोकीको सिजन त होइन, तर धेरै जनामा रुघाखोकी र ज्वरोको समस्या भने देखिइरहेको छ ।

कोरोना हुनसक्छ

अहिले छिमेकी मुलुकमा कोरोना महामारी तीव्र रूपमा फैलिएको छ । नेपालमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । र, अहिले रुघाखोकी लाग्ने सिजन पनि नभएकाले यो कोरोनाको प्रारम्भिक लक्षण हुनसक्छ । रुघाखोकी र ज्वरो कोरोनाको प्रारम्भिक लक्षणको रूपमा देखिएको पछिल्ला उदाहरण पनि छन् ।

कोरोनाको पहिलो दोस्रो भेरियन्टमा पनि रुघाखोकी र ज्वरो प्रारम्भिक रूपमा देखिने लक्षण हो । गर्मी महिनामा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ भने त्यो कोरोना हुने सम्भावना धेरै छ ।

खोप नलगाएकालाई समस्या

कोरोनाको खोप नलगाएका व्यक्ति, बालबालिका र दीर्घ रोगीहरूमा संक्रमण देखिने सम्भावना बढी हुन्छ । किनभने खोप लगाइसकेका र पहिले नै संक्रमति भएकाहरू छन् उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसले गर्दा उनीहरूलाई कोरोनाको साथै सामान्य रुघाखोकीको भाइरसले पनि सजिलै गाल्न सक्दैन ।

अहिले नेपालमा ओमिक्रोनको टप भेरियन्ट फैलिरहेको छ । पहिले देखिएको ओमिक्रोन सब भेरियन्ट भन्दा  पनि यो सजिलै र चाँडो फैलिने र खोपले पनि त्यति राम्ररी काम नसक्ने हो कि भनेर विभिन्न अध्ययनले बताएको छ । तर यो भेरियन्टको विषयमा थप रिपोर्ट भने आउनै बाँकी छ ।

कति घातक ?

भाइरसहरू बेलाबेलामा परिवर्तन भइरहन्छन् । कहिलेकाहीं घातक पनि बन्न सक्छ, त्यसैले सतर्क हुन एकदमै जरुरी छ । सामान्य रुघाखोकी हो कि भनेर लापरबाही गर्न भने हुँदैन । कोरोना संक्रमणका कारण मृत्यु हुने मात्र होइन, पछि पोस्ट कोभिडको लक्षण पनि देखिने भएकाले पहिलो प्राथमिकता खोपलाई नै दिनुपर्छ ।

निमोनियाको भय

धेरै जनाले खोप लगाइसकेको हुनाले धेरै जटिल अवस्था त नआउला । तर कुनै व्यक्तिमा भने यो सामान्य रुघाखोकी बिग्रिएर निमोनिया नै हुन्छ । त्यसैले पहिले रुघाखोकी लागेको बेलामा विशेष ध्यान दिनुपर्छ । सामान्य रुघाखोकी हो कि कोरोना महामारी हो भनेर पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।

परिवारका पाँच जना सदस्यलाई रुघाखोकी लागेको छ भने कम्तीमा दुई जनाले कोरोना परीक्षण गर्नुपर्छ । कोरोना खोप लगाएको छु वा पहिले संक्रमण भइसकेको छ भनेर लापरबाही पनि गर्नु हुँदैन । यसो गर्दा धेरै मानिसमा सजिलै फैलिने र ज्यान जान सक्ने जोखिम पनि हुनसक्छ ।

यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ ?

यो कोरोनाको प्रारम्भिक लक्षण हुन सक्ने भएकाले सबैभन्दा पहिले त परीक्षण गर्नुपर्छ । परीक्षणमा कोरोना संक्रमण देखियो भने आइसोलेसनमा बस्ने, सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान दिने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

कोरोना संक्रमण नदेखिएको खण्डमा पनि पहिले नै सचेत भएर स्वास्थ्यको मापदण्ड पालना गर्दा हैजाको जोखिम पनि कम हुन्छ । कसैले कोरोना खोप लगाउन छुटाउनुभएको छ भने वा बुस्टर डोज पनि लगाउन बाँकी छ भने लगाइहाल्नुपर्छ ।

(संक्रामक रोग विशेषज्ञ डा. अधिकारीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

ज्वरो डा. प्रभात अधिकारी रुघाखोकी
लेखक
डा. प्रभात अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

नेपालको दैलोमा निपा भाइरस

नेपालको दैलोमा निपा भाइरस

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू