+
+

अर्थमन्त्री शर्माको स्पष्टीकरण : सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १६:२९

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै उनले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको भन्दै अर्थमन्त्रीमाथि सार्वजनिक रुपमा प्रश्न उठेको छ ।

त्यस क्रममा उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको समयको सीसीटीभी फुटेज माग्दै अर्थ मन्त्रालयमा सूचनाको हकसम्बन्धी ऐन अनुसार निवेदन दिएको थियो । त्यसको जवाफमा अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको बताएको थियो ।

अर्थ मन्त्रालयले संरक्षण गर्नुपर्ने सीसीटीभी फुटेज डिलिट गरेर साइबर अपराध गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठेको छ । त्यसको जवाफ दिने क्रममा बुधबार अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज डिलिट गर्‍यो भनेर भ्रम छरिएको बताए ।

‘कुन सीसीटीभिीको क्षमता मलाई कसरी थाहा हुन्छ ? …यो विषय प्राविधिक मान्छेहरुले अनुसन्धान गर्लान्, मैले डिलिट गर्न पर्ने पनि छैन र यसको ज्ञान पनि छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?