+
+

दुई हप्तापछि खुल्यो पहिरोले अवरुद्ध पोखरा–सिक्लेस सडक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १३:५१

२३ असार, पोखरा । असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध पोखरा–सिक्लेस सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो ।

मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको बीचमा र मादी-१ को पुदू खोलाको वारि, पारि दुवै भागमा पहिरोले सडक भत्काएको थियो । एक्साभेटरले पहिरो पन्छाउनमात्रै ५ दिनभन्दा बढी लागेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजङ गुरुङले जानकारी दिए ।

‘पदू खोलाको वारिपारि खसेको पहिरो पन्छाउन एकदमै गाह्रो भयो । अहिले पनि त्यहाँ एकतर्फीमात्रै बाटो खुलाइएको छ’, वडाध्यक्ष गुरुङले भने, ‘माथिबाट ठूलो ढुंगा खसेर अड्किएकाले दोहोरो बाटो खुलाउन अझै ४, ५ दिन लाग्न सक्छ ।’

पहिराले मुख्य सडक क्षति पुर्‍याउँदा पोखरा–सिक्लेस सीधा सम्पर्क टुटेको थियो । आवतजावतका लागि ताङतिङको बाटो प्रयोग गरे पनि पर्यटक, बिरामी तथा वृद्धवृद्धा आउजाउ गर्न समस्या भएको गाउँपालिकाले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?