+
+

प्रिसिजन टुर : एनआरटी थाइ क्लबसित पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १८:०४

२३ असार, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा रहेको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) थाइल्याण्डको कासेम बन्दित युनिभर्सिटी एफसीसँग ५-२ ले पराजित भएको छ ।

मलेसियाको टुर सकाएर थाइल्याण्ड पुगेको एनआरटी थाइ लिगको तेस्रो श्रेणीको क्लबसँग पराजित भएको हो ।

एनआरटीका लागि संजोक राई र स्टेफन समिरले गोल गरेका थिए । कासिम युनिभर्सिटीका लागि चायासर्न, सुचोन सा एनगुएन्डी, सेउन चाङ मुन, सुपाक्रित पेट्पन र थिरासाक कामरान्ग्सीले एक-एक गोल गरे ।

एनआरटीले अब आइतबार चोनबुरी एफसीसँग र बुधबार थोनबुरी एफसीसँग खेल्नेछ ।

यसअघि मलेसियाको पेनाङमा भएको टीवाईटी कपमा कारो युनाइटेड र पेनाङ एफसीसँग एनआरटी पराजित भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?