+
+
Shares
कविता :

शहीद अनि निरीह शालिक

शंकर अविवेकी शंकर अविवेकी
२०७९ असार २४ गते ११:५२

तिम्रो शिरमा

फूल चढाए

आफ्नो टाउकोमा श्रीपेच सजाए

खोइ ! तिमीले हात उठाउन सक्यौ ?

तिम्रा सपना बेचेर

विपनामा महल ठडाए

तिमीले एक वचन बोल्न सक्यौ ?

तिम्रो गलामा

माला भिराए

आफ्नो घाँटीमा हीराको हार पहिरिए

तिमीले आवाज उठाउन सक्यौ  ?

तिमी त

सडकको एक कुनामा

केवल

निर्जिव पत्थर झैं

फालिएका  छौ

दु:खमा सम्झिने

सुखमा बिर्सिने

साधन भएर

चुपचाप सहनुपर्ने

यो कस्तो

विवशता तिम्रो ।

म बोल्छु त सुन्दैनन्

म कराउँछु त हेर्दैनन्

म चिच्याउँछु त देख्दैनन्

तिमी त न बोल्छौ

न कराउँछौ

न त चिच्याउँछौ

गतिहीन भई

ठिङ्ग उभिएका छौ

तिम्रो आवाज दबाउन

तिनीहरुले तिमीमाथि

गोली बर्साउँदा

तिमी र यिनीहरु सँगै थिए

तिमीले

त्यो बेला सब थोक

जितेर गयौ

जनताको मन जित्यौ

आफ्नो सपना जित्यौ

तिनीहरुको कायरता जित्यौ

आफ्नो एजेन्डा जित्यौ

चाहेको व्यवस्था जित्यौ

तिमीले

जीवन अर्पण गरेर

ल्याइदिएको व्यवस्थामा

यिनीहरुले

सम्मान हारे

इमान हारे

विश्वास हारे

संकल्प हारे

स्वाभिमान हारे

तिनीहरुले भन्दा धेरै बढी

यिनीहरुले हारे

तर

हार्नमा अझै हार खाएका छैनन्

अहिले

यिनीहरु गद्दीमा

विराजमान छन्

तिम्रा सपना

सडकमा

कतै भौतारिंदै

तिमी सबथोक जितेर पनि हारेका छौ

यिनीहरुले सबथोक हारेर पनि जितेका छ्न्

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?