+

रोनाल्डोले थाइल्याण्ड भ्रमण गुमाउने

२०७९ असार  २४ गते १२:३७ २०७९ असार २४ गते १२:३७
रोनाल्डोले थाइल्याण्ड भ्रमण गुमाउने

काठमाडौं । म्यानचेष्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रि सिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमण गुमाउने भएका छन् । पारिवारिक कारणले गर्दा उनलाई युनाइटेडले थप छुट्टी दिएको छ, जसले गर्दा उनी शुक्रबार हुने बैंकक भ्रमणमा टिमसँग हुने छैनन् ।

युनाइटेडले रोनाल्डोलाई आफ्नो टोलीको हिस्साको रूपमा हेरिरहेको छ र उनलाई बेच्न कुनै चासो राखेको छैन ।

यस्तै रोनाल्डोले प्रि सिजन टुर मा अष्ट्रेलिया भ्रमण गर्ने पनि अझै निश्चित छैन ।

३७ वर्षीय पोर्चुगल फरवार्ड रोनाल्डोले क्लबले उपयुक्त प्रस्ताव प्राप्त गरे युनाइटेड छाड्न चाहेका छन् । पारिवार कारणले गर्दा नै रोनाल्डोले युनाइटेडको ट्रेनिङ समेत गुमाएका थिए ।

युनाइटेडले अष्ट्रेलिया जानुअघि मंगलबार थाइल्याण्डमा लिभरपुलसँग खेल्नेछ ।

 

म्यानचेष्टर युनाइटेड रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय