+
+

‘कबड्डी ४’ले ४२ दिनमा कमायो २२ करोड ७३ लाख, ‘बाहुबली २’ भन्दा २६ लाख कम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १३:५६

काठमाडौं । ‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो ।

तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको छ । ‘कबड्डी ४’ले छैटौं सातासम्म मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मको यो कुल कमाइमा सातौं सप्ताहन्त अन्तर्गत शुक्रबार, शनिबार र आइतबारको कलेक्सन जोडिएको छैन ।

रामबाबु गुरुङ निर्देशित फिल्म अहिले पनि मुख्य मल्टिप्लेक्स चेनहरुमा प्रदर्शन भइरहेको छ । दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले विदेशमा समेत उछाल कमाइ गरेको छ । भारतमा फिल्मले दुई दिनमा १ करोड ९२ लाख रुपैयाँ ग्रसको ओपनिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?