+
+
Shares

असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य बैंकहरूले उच्च तरलता र न्यून कर्जा प्रवाहका कारण असार महिनाका लागि औसत ब्याजदर घटाएका छन् ।
  • असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर जेठको तुलनामा ०.०७७५ प्रतिशत बिन्दुले घटेर ४.२६५ प्रतिशत कायम भएको छ ।
  • असारका लागि सात बैंकहरूले ब्याजदर घटाएका छन् भने १३ बैंकहरूले स्थिर राखेका छन् ।

३१ जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका छन । वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको हो ।

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् । आइतबार असार महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । जेठको तुलनामा असारमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन । धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको छ ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा जेठको तुलनामा असारमा ०.०७७५ प्रतिशत बिन्दुले घटेको हो । जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.३४३ प्रतिशत रहेकोमा असारमा ४.२६५ प्रतिशतमा झरेको हो ।

यो ब्याजदर वैशाख महिनाको मूल्यवृद्धिभन्दा पनि कम हो । वैशाखको मूल्य वृद्धि ५.०४ प्रतिशत छ । कुनै पनि बैंकले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ४.७५ प्रतिशतभन्दा बढी छैन, तर मूल्यवृद्धि ५ प्रतिशत बढी छ ।

अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ३.९ देखि साढे ४ प्रतिशतसम्म छ । जेठको तुलनामा असारमा ब्याजदर घटाएका ७ बैंकमा कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एसिया, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्सियल र एनएमबी छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ । यसरी पैसा खिच्दा केन्द्रीय बैंकले अधिकतम २.७५ प्रतिशत ब्याजदर दिदै आएको छ ।

 व्यक्तिगत मुद्दतीमा वाणिज्य बैंकहरूले दिने अधिकतम ब्याजदर 

बैंक जेठको ब्याजदर असारको ब्याजदर
कृषि विकास ४.१५ ४.१५
सिटिजन्स ४.१० ४.१०
एभरेस्ट ४.०५ ४.०५
ग्लोबल आईएमई ४.५० ४.५०
हिमालयन ४.२५ ४.००
इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
कुमारी ३.९६ ३.९१
लक्ष्मी सनराइज ४.५० ४.००
माछापुच्छ्रे ४.५० ४.५०
नबिल ४.५५ ४.५५
नेपाल ४.२५ ४.२५
नेपाल एसबीआई ४.२५ ४.२५
एनआईसी एसिया ४.५० ४.००
एनएमबी ४.८० ४.७५
प्राइम कमर्सियल ४.१५ ४.००
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ४.७५ ४.७५
सानिमा ४.५० ४.५०
सिद्धार्थ ४.०५ ४.०५
स्ट्यान्डर्ड चार्टर्ड ४.०० ३.९५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?