+
+
Shares

विश्वप्रकाशलाई सरिता प्रसाईंको प्रश्न : पार्टी एकजुट बनाउन खोज्दा किन रोक्नुभयो ?

पार्टीभित्रको आन्तरिक असन्तुष्टि र भेलाहरूलाई नेतृत्वले सकारात्मक रूपमा लिनुपर्नेमा उल्टै चेतावनी दिने र रोक्न खोज्ने प्रवृत्ति देखिएको उनले गुनासो छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले पार्टीलाई एकजुट बनाउने अभियानमा अवरोध नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिएकी छन् ।
  • उनले उपसभापति विश्वप्रकाश शर्मालाई सोधिन्, "यो सभाले पार्टी फुटाउने होइन, एकजुट बनाउने हो । यस्तो अभियानलाई तपाईंले किन रोक्न खोज्नुभयो ?"
  • विराटनगरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस कमजोर हुँदा देश नै दुर्घटनामा पर्ने खतरा औंल्याइन् ।

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वसांसद सरिता प्रसाईंले पार्टीलाई एकजुट बनाउने अभियानमा अवरोध नगर्न नेतृत्वलाई चेतावनी दिएकी छन् ।

पार्टीभित्रको आन्तरिक असन्तुष्टि र भेलाहरूलाई नेतृत्वले सकारात्मक रूपमा लिनुपर्नेमा उल्टै चेतावनी दिने र रोक्न खोज्ने प्रवृत्ति देखिएको उनले गुनासो छ ।

विराटनगरमा कांग्रेस इतर समूहले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले उपसभापति विश्वप्रकाश शर्मालाई उल्लेख गर्दै भनिन्, ‘यो सभाले पार्टी फुटाउने होइन, एकजुट बनाउने हो । यस्तो अभियानलाई तपाईंले किन रोक्न खोज्नुभयो ?’

लामो समयदेखि सँगै राजनीति गरेको स्मरण गर्दै उनले नेतृत्वले कार्यकर्ताको भावना बुझ्नुपर्ने बताइन् ।’हामी पहिलेदेखि सँगै राजनीति गरेको, नेविसंघको जिल्लादेखि केन्द्रसम्म सँगै पाइला चालेका साथी हौँ,’ उनले थपिन्, ‘अहिले तपाईं पार्टीको नेतृत्वमा हुनुहुन्छ, यस्तो बेला पार्टीलाई थप सुदृढ बनाउन लाग्नुपर्नेमा भेलाहरू रोक्न खोज्नु दुःखद् छ ।’

प्रसाईंले नेपाली कांग्रेस कमजोर हुँदा देश नै दुर्घटनामा पर्ने खतरा औंल्याइन् । मुलुकको वर्तमान राजनीतिक अवस्था, संसदको गतिरोध र संविधानमाथि भइरहेका प्रहारप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘नेपाली कांग्रेस जब-जब फुट्ने स्थितिमा जान्छ, यो मुलुक दुर्घटनातिर जान्छ ।अहिले संविधान र व्यवस्था नै रहने कि नरहने भन्ने दुविधा छ । यस्तो बेला देशकै जेठो पार्टी कांग्रेस अन्योलमा बस्नु हुँदैन ।’

आगामी स्थानीय र प्रदेश सभा निर्वाचनको प्रसङ्ग निकाल्दै उनले कार्यकर्तालाई चिढ्याएर निर्वाचन जित्न असम्भव रहेको दाबी गरिन् । ‘यो स्थानीय र प्रदेशको चुनावमा यदि यी साथीहरूले तपाईंलाई सहयोग गरेनन् भने कांग्रेसले चुनाव जित्छ ?,’ उनले नेतृत्वलाई प्रश्न गरिन्, ‘यदि चुनाव जित्न सकिएन भने राष्ट्रिय सभामा हाम्रो अवस्था के होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?