
२९ असार, काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गरेको आशंकामा प्रहरीले व्यवसायी अमित श्रेष्ठमाथि छानबिन थालेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी जनक भट्टराईका अनुसार प्रहरी टोलीले बुधबार उनको पानीपोखरीस्थित घरमा छापा समेत हानेको छ ।
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आशंकामा छानबिन थालेको उनले अनलाइनखबरलाई बताए ।
नेपालमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित छ । अनुसन्धानपछि श्रेष्ठलाई पक्राउ गर्ने नगर्ने टुंगो लाग्ने भट्टराईले बताए । थप छानबिन भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4