+
+

सिप्रदीले आयोजना गर्‍यो एक्साइडको ‘डिलर मिट’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १७:४३

काठमाडौं ।  नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘डिलर मिट’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा एक्साइड ब्याट्री कम्पनीका १०० भन्दा धेरै डिलर, सिप्रदी ट्रेडिङ प्रालिका प्रतिनिधि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै श्रेष्ठले नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण वितरकहरुको बलियो विश्वास भएको बताए ।

कम्पनीका अनुसार कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?