+
+

नेपाल टी–२० लिग आयोजनामा बाधा छैनः क्यान अध्यक्ष चन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १७:०९

२ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० को आयोजनाका लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले असर नगर्ने बताएका छन् ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आयोजक एभरेष्ट प्रमियर लिग प्रालिले विदेशी कम्पनीलाई विदेशी कानूनअनुसार नेपाल टी–२० लिग व्यवस्थापनको जिम्मा दिएकोमा अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको थियो ।

सोमबार टिम सार्वजनिक कार्यक्रममा क्यान अध्यक्ष चन्दले सर्वोच्चबाट कारण देखाउ आदेश आएको र जवाफ पेश गरिसकिएको जानकारी दिए । ‘हामीलाई कारण देखाउ आदेश आएको छ तर स्थगित गर्नु भनेर अन्तरिम आदेश आएको छैन,’ चन्दले भने, ‘अहिले अदालतको पेसी सरिरहेको छ । हामी सम्मानित अदालतको निर्णयलाई मान्नेछौं । तर, अहिलेसम्म कुनै आदेश नआएको हुनाले आयोजना प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ ।’

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा आयोजना प्रक्रिया अगाडि बढ्न नदिन क्यानका ६ जना कार्यसमिति सदस्यले आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप)मा निवेदन दिएका थिए । अध्यक्ष चन्दले कार्यसमिति वैठकमा आफैंले सहमति गरेको र साधारणसभाबाट पास गरेको विषयको विरुद्धमा लाग्न बोर्ड सदस्यलाई नैतिक रुपमा अप्ठेरो हुनुपर्ने बताए ।

टी–२० लिगको व्यवस्थापन अधिकारका लागि सेभेन थ्री स्पोर्टससँग जनवरी २०२१ मा सम्झौता भएको हो । त्यसअघि बोर्डले सर्वसम्मपत पास गरेको छ भने साधारणसभामा पनि पास भएको छ । ‘त्यतिबेला उहाँहरुले कुनै प्रश्न उठाउनुभए,’ चन्दले भने, ‘अहिले उहाँहरुको के स्वार्थ मिलेन मलाई थाहा हुने कुरा होइन । कुनै पनि संस्थाका जिम्मेबार व्यक्तिले निर्णय गर्दा सोचिसम्झी गर्नुपर्छ ।’

उनले नेपालमा यसअघि भइरहेका फ्रेन्चाइज लिगलाई क्षेत्रीय रुपमा आयोजना गर्नका लागि कुनै समस्या नरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?