+
+

सयपत्री हाइड्रोपावरले १३ साउनदेखि आईपीओ निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:५१

४ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधाण्का लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले १३ साउनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीलसे सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा १७ साउन र उक्त अवधिमा पर्याप्त आवादेन नपरेमा ढिलोमा २७ साउनसम्म आवेदन दिने म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?