+
+

लागूऔषधसहित तीन जना पक्राउ

महोत्तरीबाट लागूऔषध बोकेका एक दम्पतीसहित तीन जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १९:०८

८ साउन, जनकपुरधाम । महोत्तरीबाट लागूऔषध बोकेका एक दम्पतीसहित तीन जना पक्राउ परेका छन् ।

औरही नगरपालिका-४ कठुधारबाट प्रहरीले पैदल यात्री सिन्धुलीको दुधौली नगरपालिका-१० बस्ने २७ वर्षीय प्रदिप सेन्चुरी, निजकै श्रीमती २६ वर्षीया दिलमाया भुजेल र सोही ठाउँका २२ वर्षीय विशाल सेन्चुरीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट–१० लेखिएको ९९ थान ट्याबलेट बरामद भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई महोत्तरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?