
काडमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुरु गर्न सक्नेछन् । यो व्यवस्था लागू भएसँगै ग्राहकहरुले आफ्नो खाता सुरु गर्न बैंकसम्म आउनु नपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार भीकेवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् । ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाईसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।
भीकेवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक १ करोड रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।
प्रतिक्रिया 4