+
+

छोरीको हत्या अनुसन्धानमा गम्भीरता देखाएको भन्दै प्रहरीलाई फूलमाला

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २१:१७

९ साउन, जनकपुरधाम । सर्लाहीमा एक व्यक्तिले आफ्नी छोरीको हत्या घटना अनुसन्धानमा अनुसन्धानमा गम्भीरता देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीको नेतृत्वलाई सम्मान गरेका छन् ।

२२ जेठमा पर्सा गाउँपालिका– १ बस्ने २० बर्षीया निशा यादवको हत्या भएको थियो । निशाको हत्या गरेको भन्दै प्रहरीले उनका श्रीमान बालदत भनिने रमजेश कुमार यादव, ससुरा रामप्रताप र देबर राजुलाई पक्राउ गरिसकेको छ । उनीहरुकै बयानको आधारमा घरदेखि ४ किलोमिटर पूर्व रमजेशकै जग्गामा गाडेको अवस्थामा प्रहरीले ६ साउनमा शव बरामद गरिसकेको छ ।

२२ जेठमा निशा हराएको भन्दै खोजी गरिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।

निवेदन दिएपछि तदारुकताका साथ अनुसन्धान प्रकृयालाई अगाडि बढाएर छोरीको शव खोजिदिन सहयोग गरेको भन्दै मृतकका बाबु कैलाश र उनका आफन्तले सोमबार प्रहरीलाई सम्मान गरेका छन् ।

मृतकका बुवा कैलाससहितका आफन्त जिल्ला प्रहरी कार्यालय पुगेर जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल, डीएसपी विजय यादवसहितका प्रहरी अधिकृतलाई फुलको माला र गमछा पहिराएर सम्मान गरेका छन् ।

‘मैले त छोरी कहाँ गई ? भनेर चिन्तित थिएँ । उनलाई त मारेर गाडेका रहेछन् । जुन कुरा तपाईंहरुले पत्ता लगाइदिनुभयो’ प्रहरीलाई सम्मान गर्दै कैलाशले भने ।

कम्तीमा छोरीको शव देख्न पाएको भन्दै उनले हत्यारालाई कडा कारवाही हुने विश्वास व्यक्त गरे । ‘छोरी मारिएको जानकारी पाएपछि स्तब्ध त भएको छु नै । तर मार्नेलाई कारवाही गराउने गरी प्रहरीले अनुसन्धान गर्छ भन्ने विश्वास लिएको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?