+
+

न्युड फोटो खिचाएकोमा रणवीर सिंहविरुद्ध उजुरी, महिलाको शिष्टतालाई अपमान गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते ११:५८

काठमाडौं । पेपर म्यागजिनका लागि बलिउड अभिनेता रणवीर सिंहले गराएको बोल्ड फोटोसुटको चर्चा अझै सेलाएको छैन । यो न्युड फोटोसुटले इन्टरनेटमा सानोतिनो आँधी नै ल्याएको थियो ।

विचित्र फेसन शैलीको कारण परिचित रणवीरको यस्तो फोटोसुटपछि उनका महिला फ्यानले प्रतिक्रिया नजनाइरहन सकेनन् । तर यी तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता भएको छ ।

मुम्बईको चेम्बुर पुलिस स्टेसनमा रणवीरविरुद्ध उजुरी दर्ता भएको एएनआई न्युज एजेन्सीले जनाएको छ । उजुरीकर्ताले ‘बाजीराव मस्तानी’ अभिनेतालाई भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

महिलाको भावनामा चोट पुर्‍याएकोदेखि उनीहरुको शिष्टताको पनि अपमान गरेको उजुरीमा उल्लेख छ । तर चेम्बर पुलिसले चाहिं अहिलेसम्म अभिनेताविरुद्ध एफआईआर दर्ता नगरेको जनाएको छ ।

उक्त उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले बताएको छ । ‘हामीले आइतबार एक एनजीओसँग आबद्ध एक व्यक्तिबाट आवेदन पाएका छौं । अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । हामीले सोधपुछ गरिरहेका छौं,’ प्रहरीले भन्यो ।

सार्वजनिक तस्वीरमा रणवीरले टर्किस कार्पेटमा नग्न पोजहरु दिएको देख्न सकिन्छ । ती तस्वीर रणवीरको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पनि सेयर गरिएको थियो । तर उनका फ्यान र भारतीय फिल्म उद्योगकर्मीले रणवीरका यी तस्वीरलाई समर्थन गरेका छन् ।

पूजा हेग्डेसँग मिलेर रणवीरले फिल्म सर्कसमा अभिनय गर्दैछन् । आलिया भट्टसँग करण जोहरको ‘रकी और रानी’को प्रेम कहानीमा पनि उनी देखिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?