+
+

अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल मेलबर्न २०२२’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १३:१८

सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिभल मेलबर्न-२०२२’ हुने भएको छ । आगामी सेप्टेम्बर १० मा फेडरेसन स्क्वाएरमा महोत्सव आयोजना गरिने एनआरएनएका अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले जानकारी दिए ।

कार्यक्रममा नेपाली संस्कृति, कला, भेषभूषा तथा नेपाली खानाका परिकारहरुलाई प्रवासमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको खड्काले बताए ।

‘यो फेस्टिभलमा हामी विदेशीहरूलाई पनि नेपाल र नेपालीको शान अनि मानका बारेमा जानकारी दिनेछौं,’ उनले भने । खड्काले कार्यक्रममा नेपालीपन झल्किने झाँकी प्रदर्शनका साथै नेपाली कलाकारहरुका प्रस्तुति समेटिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?