+
+

हालान्डको आगमनले च्याम्पियन सिटी अझै बलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १७:५४

११ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले उपाधिको दाबेदारको रुपमा आगामी सिजन सुरु गर्नेछ ।

एक वर्षअघि सिटीले ज्याक ग्रेलिसमाथि कीर्तिमानी १०० मिलियन पाउण्ड खर्चेको थियो । सुरुमा यसको आलोचना भए पनि यसको जवाफ सिटीले लिगको उपाधि जितेर दियो ।

यस पटक सिटीले एर्लिन हालान्डलाई अनुबन्ध गरेर अझ राम्रो व्यवसाय गरेको देखिन्छ । नर्वेका हालान्डलाई ५१.१ मिलियन पाउण्ड खर्च गरेको छ । जुन ग्रेलिसको भन्दा झण्डै आधाले कम हो ।

तर अहिलेका स्टार खेलाडीलाई क्लबमा भित्र्याउँदा सिटी अझ बलियो टिम बनेको छ । २१ वर्षीय हालान्ड गोल गर्नमा माहिर छन् । उनले सिटी आउनुअघि बोरुसिया डर्टमण्डमा ८९ खेलमा ८६ गोल गरेका थिए ।

सिटीले गत सिजन लिभरपुललाई १ अंकले मात्र पछि पारेर उपाधि जितेको थियो । यस पटक सिटी अझ बलियो बनेको छ । च्याम्पियन सिटीले मिडफिल्डमा फर्नान्डिन्होले छाडेपछि क्याल्भिन फिलिप्स ल्याएको छ ।

लिभरपुलले भने गत सिजन प्रिमियर लिग १ अंकले गुमाउनुका साथै च्याम्पियन्स लिग फाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो । डार्विन नुनेजको आगमनपछि योर्गन क्लोप उपाधिका लागि प्रतिस्पर्धा गर्नेमा आशावादी छन् । नुनेज साडियो मानेको स्थानमा लिभरपुल भित्रिएका छन् ।

उनको आगमन सिटीको हालान्ड जस्तो नदेखिए पनि उरुग्वेका डार्विनले मोहमद सलाह र लुइस डियाजसँग राम्रो तालमेल मिलाउने अपेक्षा छ ।

गत सिजन ट्रान्सफरमा छाएको म्यानचेष्टर युनाइटेडले यसपटक सोचे अनुसार प्रदर्शन गर्न सकेन र लिग तालिकाको शीर्ष चारमा समेत अटाएन । ओले गनर सोल्सायरको टिम गत सिजन छैटौ स्थानमा रह्यो । नयाँ प्रशिक्षक एरिक टेन हागलाई शीर्ष चारको अन्तर कम पार्ने चुनौती छ । क्रिस्टियन एरिक्सनको आगमनले उत्साहित बने पनि क्रिस्टियानो रोनाल्डोको भविष्य अनिश्चित छ ।

रोमान अब्रामोभिचको स्थानमा नयाँ मालिक टोडी बेहली आएपछि चेल्सीले रहिम स्टर्लिङलाई म्यानचेष्टर सिटीबाट भित्र्याएको छ । रोमेलु लुकाकु भने लोनमा इन्टर मिलान फर्केका छन् ।

नयाँ सिजनअघि टोटनहम र आर्सनलले पनि यस पटक केही राम्रा अनुबन्ध गरेका छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?