+
+

साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते २१:३५
तस्वीर सौजन्य : नेपाल खेलकुद पत्रकार मञ्च

११ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकालाई ३-० ले पराजित गरेको छ ।

कालिंगा स्टेडियममा भएको खेलमा नेपालले दोस्रो हाफमा सबै गोल गरेको हो । नेपालका लागि कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । कृतिश र मनग्यले पहिलो खेलमा पनि गोल गरेका थिए ।

जारी च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको नेपालले दोस्रो खेलमा पनि उक्त लय कामय राख्दै विपक्षीमाथि हावी बनेको थियो ।

एकपक्षीय खेलमा पहिलो खेलमा भने श्रीलंकाले नेपाललाई गोल गर्नबाट रोक्यो । नेपालले पहिलो गोलका लागि झण्डै एक घण्टा कुर्नुपरेको थियो ।

त्यसअघि ५२औं मिनेटमा श्रीलंकाले अग्रता लिने अवसर गुमाएको थियो । सियान मोहमेद साहेलको हेडर बारमा लागेर फर्कँदा नेपालको संकट टरेको थियो ।

५८औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट गोल गरी नेपाललाई अग्रता दिलाए । त्यसपछि नेपालले लय लियो र ६ मिनेटपछि नै अर्को गोल थप्यो । कृतिशले ६४ औं मिनेटमा कप्तान आयुषको ब्याकपासमा बक्सबाहिरबाट उत्कृष्ट गोल गरे ।

नेपाल यतिमै रोकिएन । गोल गरेपछि नेपालले विपक्षीमाथि लगातार दबाव बनाउँदै गोलको अवसर समेत बनाइरहेको थियो । तर फिनसिङमा भने नेपाल चुस्त हुन सकेन ।

मनग्यले ८४औं मिनेटमा सुगम सुवालको पासमा गोल गर्दै नेपालको अग्रता ३-० बनाए ।

लगातार दोस्रो जितपछि ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा फर्किएको छ । बुधबार घरेलु टोली भारतलाई २-१ ले हराएर दोस्रो जित निकालेको बंगलादेशको पनि ६ अंक नै छ ।

इन्जुरी टाइममा नेपालका गोलकिपर इश्वर गुरुङले वान भर्सेस वान प्रहार रोकेका थिए ।

दुई खेलमा ७ गोल गर्दै क्लिनसिट राख्न सफल नेपाल गोल अन्तरमा अगाडि छ ।

नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोली भारतसँग आगामी आइतबार खेल्नेछ । पाँच टिम सहभागी प्रतियोगिता राउण्ड रोविनका आधारमा भइरहेको छ । लिग चरणपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?