+
+

राष्ट्रपत्नी भनेको भन्दै भारतीय संसदमा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:४३

१२ साउन, काठमाडौं । भारतको पश्चिम बंगालका कांग्रेस सांसद अधीर रञ्जन चौधरीले राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेको भन्दै भारतको संसदमा विरोध भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा कांग्रेसले माफी माग्नु पर्ने भन्दै संसद (लोकसभा)मा विरोध जनाएका हुन् । चौधरीको टिप्पणीलाई लिएर विजेपी सांसदले होहल्ला गरेपछि संसद बैठक नै स्थगित भएको छ ।

संघीय मन्त्री स्मृति इरानीले कांग्रेसले मुर्मूप्रति घृणा र उपहास गर्ने गरेको आरोप लगाइन् । ‘राष्ट्रपतिको उम्मेदवारका रुपमा दौपदी मुर्मूको नाम घोषित भएदेखि नै उहाँ कांग्रेसको घृणा र उपहारको शिकार बन्नुभएको छ,’ इरानीले संसदमा भनिन्, ‘कांग्रेस पार्टीले उहाँलाई कठपुतली भन्यो ।’

एक जना आदिवासी महिला देशको सर्वोच्च संवैधानिक पदमा पुगेको कांग्रेसले स्वीकार्न नसकेको उनको आरोप छ ।

चौधरीले जिब्रो चिप्लिएर राष्ट्रपत्नी शब्द उच्चारण भएको भन्दै सफाइ दिएका थिए । ‘दुई दिन अघि जब हामी विजय चोकतिर जाँदै थियौं, हामीले कहाँ जाँदै हुनुहुन्छ भनेर सोधियो, मैले राष्ट्रपति भवन जान चाहेको र राष्ट्रपतिलाई भेट्न चाहेको बताउन खोजेको थिएँ, तर गल्तीले मुखबाट राष्ट्रपत्नी शब्द निस्कियो ।’

सत्ताधारी दलले तीललाई पहाड बनाएको चौधरीको आरोप छ । उनले भने, ‘मलाई थाहा छ भारतको राष्ट्रपति जो भए पनि हाम्रा लागि राष्ट्रपति नै हो, यो शब्द (राष्ट्रपत्नी) एक पटक मुखबाट निस्कियो, सत्ताधारी दलका केहीले तीललाई पहाड बनाइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?