+
+

नेपाल प्रेस युनियन सुनसरीले निर्माण गर्‍यो भिडियो डकुमेन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १२:००

१३ साउन, इटहरी । नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो ।

प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिए पनि आफूहरूले शुक्रबार(आज) युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

‘म अध्यक्ष भएर आएको करिब २८ महिनाको अवधिमा हाम्रो कार्यसमितिले गरेका महत्वपूर्ण कामबारे वृत्तचित्रमार्फत प्रस्तुत गरिएको छ,’अधिकारीले भने, ‘१५ मिनेटको वृत्तचित्रमा हामीले सञ्चारकर्मीहरूका लागि गरेको महत्वपूर्ण काम प्रस्तुत गरिएको छ ।’

कोरोना महामारीमा सञ्चारकर्मीका लागि गरिएको कोरोना बीमा, मोबाइल डाक्टर सेवा, दुर्घटना बीमा, अक्षयकोष स्थापना तथा जग्गा प्राप्तिसम्मको काम गरेको प्रेस युनियन सुनसरीले दुई दर्जन बढी गरेका कामको वृत्तचित्र बनाइएको हो ।

अधिकारीले नेतृत्व गरेसँगै सुनसरीका सञ्चारकर्मीहरूका लागि सकारात्मक काम भएको प्रशंसा गर्दै युनियन केन्द्रीय कार्यसमितिले नवौँ महाधिवशेनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उत्कृष्ट शाखाको रूपमा सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?