+
+

सिभिल बैंकका ग्राहकलाई छुटै-छुटको वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १४:३३

काठमाडौं । सिभिल बैंक लिमिटेडले विभिन्न साझेदारहरुसँगको समन्वयमा ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ ।

सिभिल बैंकका ग्राहकहरुले ४० साझेदारहरुबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले अन्नपूर्ण केबलकार, अतिथि रिसोर्ट एन्ड एसपीए (पोखरा), सानेपा डिलाइट, लक्ष्मी हेयर एण्ड ब्यूटी, बगैंचा स्टेक एण्ड ग्रिल बार लगायतका ४० साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको छ ।

बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्टले जानकारी दिए ।

करिब आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?