
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन ।
१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।
घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल बीभत्स रहेको उनले सुनाए ।
‘सुनिता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4