+
+

अमेरिकाबाट मारिएका नेता जवाहिरी को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १२:११
ओसामा बिन लादेन र अल जवाहिरी ।

१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् ।

लादेन जीवित रहँदा उनका दाहिते हात मानिने जवाहिरीले अल-कायदाको प्रमुख विचारकको भूमिका निर्वाह गर्दै आएका थिए । पेशाले आँखा सर्जन रहेका जवाहिरीले इजिप्टमा जिहादी समूह गठन गर्न मद्दत गरेका थिए । बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०११ को मे महिनामा अमेरिकाले ओसामा बिन लादेनलाई मारेपछि उक्त समूहको नेतृत्व जवाहिरीले गर्दै आएका थिए ।

अझ बहुचर्चित सेप्टेम्बर ११ को आतंकवादी हमलाका पछाडि अल-जवाहिरीको योजना रहेको मानिन्छ ।

बीबीसी सुरक्षा संवाददाता गोर्डन कोरेराको बुझाइमा अयमान अल-जवाहिरी अल-कायदाको वैचारिक मस्तिष्क थिए। कुनैबेला इजिप्टमा चिकित्सकका रूपमा कार्यरत अल जवाहिरी १९८० को दशकमा इस्लामिक चरमपन्थीमा संलग्न भएको आरोपमा जेलमा थिए।

जेलबाट मुक्त भएपछि उनले इजिप्ट छोडे र अन्तर्राष्ट्रिय जिहादी अभियानमा सहभागी भए। अन्ततः उनी अफगानिस्तान पुगे । त्यहाँ साउदी अरबका जिहादी अमिर ओसामा बिन लादेनसँग सहकार्य गर्न थाले ।

उनीहरू दुईजना मिलेर संयुक्त राज्य अमेरिका विरुद्ध युद्धको घोषणा गरे र २००१ को सेप्टेम्बर ११ मा हमला पनि गरे । यो हमलाको झण्डै एक दशकपछि मात्रै अमेरिकाले ओसामालाई बदला लिन सक्यो ।

ओसामापछि अलकायदा पूर्ण रूपमा अल-जवाहिरीको हातमा आयो। तर ओसामा मारिएपछि अल जवाहिरीसँग केही बाँकी थिएन। बेलाबेलामा केही वक्तव्य जारी गर्दै उनले अल कायदा अझै बाँकी छ भन्ने सन्देश दिइरहन्थे ।

निश्चय पनि अमेरिकाले अल जवाहिरीको हत्यालाई विजयको रूपमा हेर्नेछ ।गत वर्ष मात्रै अमेरिकाले कुनै ठोस लक्ष्य हासिल नगरी अफगानिस्तानबाट आफ्नो झोला फिर्ता लिएको थियो । तर अल-जवाहिरी तुलनात्मक रूपमा कमजोर भएका थिए। अब इस्लामिक स्टेटको अगाडि अलकायदाको कुनै प्रश्न नै थिएन ।

एकजना नेता मारेर कुनै अभियान नरोकिन सक्छ तर नेतृत्वको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । आफ्नो प्रभावकारी उपस्थिति देखाउन नसकेको भए पनि अमेरिका जवाहिरीको पछि लागिरहेको थियो । अफगानिस्तानमा तालिवानको आगमनले त्यहाँ इस्लामिक समूहहरूले सुरक्षित आश्रय पाउन सक्छन् भन्ने सन्देश विश्वसामु गएको थियो । तर अमेरिकाले आफूले भूगोल छाडे पनि टाढा आकाशबाटै आक्रमण गर्न सक्ने सन्देश दिएको छ ।

गत वर्ष अमेरिका छाड्ने बेला नै बाइडेनले जवाहिरीलाई मृत्युदण्ड दिने उल्लेख गरेका थिए । सन् २०२० मा तालिबानले अमेरिकासँग गरेको शान्ति सम्झौतामा आफ्नो देशमा अल-कायदा लगायत कुनैपनि चरमपन्थी शक्तिलाई आश्रय नदिने प्रतिबद्धता जनाएको थियो ।

यसपटक बाइडेनले अफगानिस्तानलाई पुनः आतंकवादी अड्डा बन्न नदिने बताएका छन् । बाइडेन उपराष्ट्रपति हुँदा सन् २०११ मा ओसामा बिन लादेन मारिएका थिए । आफू राष्ट्रपति हुँदा अर्को नेतृत्वको हत्या गरेर उनले जस लिन खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?